कोरियन भाषा परीक्षाको नतिजा आयो, हेर्नुहोस् नतिजा

काठमाडौं । ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो ।

परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ । जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ ।

Advertisement

कृषिमा ३ हजार र उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० जना परीक्षार्थी छनोट गर्ने कोटा निर्धारण गरेको छ । पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ ।

कोरियाले करिब १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

More News last news
Loading...