अब भारतमा २ भन्दा बढी सन्तान जन्माउनेले चुनाव लड्नै नपाउने

नयाँदिल्ली । भारतको उत्तराखण्ड राज्यमा दुईभन्दा बढी सन्तान हुने व्यक्तिले स्थानीय निर्वाचनमा उम्मेदवारी दिन रोक लगाइने भएको छ।

उत्तराखण्डको विधानसभाले बुधवार एक कानुन पारित गरी यस्तो व्यवस्था गरेको हो। दुईभन्दा बढी छोराछोरी भएका व्यक्तिलाई उम्मेदवारी नै दिन नपाउने व्यवस्थन गर्न यस्तो कानुन ल्याइएको हो। उत्तराखण्ड पञ्चायत राज अधिनियम २०१६ (संशोधन) विधेयक मंगलवार सदनमा पेश गरिएको थियो।

Advertisement

उक्त विधेयकको विपक्षी दलका विधायकले विरोध गरेका थिए। उनीहरूले राजनीति समाप्त पार्ने उद्देश्यले यस्तो कानुन ल्याइएको भन्दै नाराबाजी पनि गरेका थिए। उनीहरूले तोडफोड गर्ने प्रयास पनि गरेका थिए।

विपक्षीको विरोध भए पनि अन्त्यमा ध्वनिमतले अत्यधिक बहुमतले पारित भएको थियो। यस्तो कानुन ल्याउनुभन्दा शान्ति सुरक्षामा ध्यान दिनुपर्ने भन्दै चर्को विरोध गरेका थिए।

राज्यपालबाट अनुमोदन भएपछि यो लागू हुने व्यवस्था छ । उत्तराखण्डमा पञ्चायत निर्वाचन यसै वर्षको अन्त्यमा हुँदै छ। भारतमा जनसंख्या वृद्धिदर उच्च रहेकाले यसलाई व्यवस्थित गर्न यस्तो कानुन माग गरिँदै आएको छ।

More News last news
Loading...