चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ बिरुवामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
करेन्ट लागेर सोही वडा निवासी ४० वर्षीया दुर्गा बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज स्थानीय शङ्कर बुढाथोकीको खेतमा रोपाइँ गर्ने गएकी दुर्गाको बिजुलीको पोललाई सपोट गर्न ढुङ्गामा बाँधेको तारबाट करेन्ट लागेर घटनास्थलमानै मृत्यु भएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
