लमजुङमा करेन्ट लागेर १७ वर्षीया किशोरीको मृत्यु

पोखरा । लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर २ अर्चलबोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आइतबार करेन्ट लागेर स्थानीय १७ बर्षिया मनिका बिकको मृत्यु भएको हो।

आफ्नै घरको परालको टौवामा पराल तान्न जाँदा पराल मुनि रहेको काठ चिर्ने मेसिनमा जडान गरिएको विद्युतको तार सर्ट भई करेन्ट लाग्दा घाइते भएकी उनको उपचारका लागि जिल्ला सामुदायिक अस्पताल बेसिशहरमा लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

More News last news
Loading...