बलात्कारीको पञ्जाबाट फुत्केर गुहार माग्न गएकी युवतीमाथि नै सामूहिक बलात्कार

रुपन्देही । रुपन्देहीमा बलात्कारको कहालिलाग्दो घटना बाहिर आएको छ। गैडहवा गाउँपालिकाका–२२ वर्षका दुई युवती असार २ गते राति सामूहिक बलात्कारको सिकार भएका हुन्।

पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताएका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी विष्णु थारुसहित अन्य व्यक्ति फरार रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ।

Advertisement

घटना विवरणअनुसार ती दुई यवतीलाई स्थानीय विष्णु थारुले असार २ गते साँझ खाजा खानका लागि बोलाएका थिए। बेलुका खाजा खाएर फर्किँदै गर्दा विष्णुले अन्य दुई युवालाई बोलाएर युवतीमाथि जबर्जस्ती गर्न थालेपछि एक युवती भागेकी थिइन्।

अर्की युवतीलाई भने उनीहरुले बलात्कार गरेका थिए। बलात्कारीको पञ्जाबाट फुत्केर गुहार माग्न गएकी ती युवती त्यही बलात्कारमा परिन्। हसनापुर गाउँमा स्थानीयवासी जीवन ज्ञवालीसहित चार जनाले उनमाथि सामूहिक बलात्कार गरेका थिए।

गुहार माग्दै गएकी उनलाई युवाहरुले भेटेपछि उल्टै बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै गैडहवा–९ का अध्यक्ष टेकबहादुरले बलालले बताए।

More News last news
Loading...