प्रधानमन्त्री ओलीमाथि खनिए मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संघीय सरकारविरुद्ध खनिएका छन् । उनले केन्द्र सरकारले एकलौटी रुपमा ऐन तथा कानुन बनाइरहेको आरोप लगाएका छन् ।

आईतबार पोखरामा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा मुख्यमन्त्री गुरुङले संघीय सरकारले अझै संघीयताको मर्मअनुरुप काम नगरेको गुनासो पोखे ।

Advertisement

उनले भने, हरेक कुरामा एकलौटी ऐन कानुन बनाएको छ । यसरी पनि संघीयता कार्यान्वयन अत्यन्तै चुनौतीपूर्ण छ,’ उनले भने, ‘प्रदेश सरकारसँग समन्वय गर्न सकिन्थ्यो । तर छलफल र सहमति केही गर्दैन, प्रदेश सँग त कुनै पनि गरेको छैन ।’

प्रदेश तथा स्थानीय तहले आफ्ना ऐन तथा कार्यान्वयन गर्न पनि केन्द्र सरकारको ढोका ढक्ढक्याउनु पर्ने बाध्यता रहेको सुनाउँदै उनले संघकै कारण प्रदेश तथा स्थानीय तहले कर्मचारी व्यवस्थापन गर्न नसकेको गुनासो पोखे ।

उनले भने, ‘जनताले घरघरमा सिंहदरबार आयो भनेर अनुभूत गर्न पनि माथि बस्नेहरुको कार्यशैली बद्लिनुपर्ने देखिन्छ।’

More News last news
Loading...