पोखराका तीन जना पत्रकार कुँवर, पौडेल र रानामगरलाई पुरस्कार

रिजन नेपाल

पोखरा । पोखरामा क्रियाशील तीनजना पत्रकार श्यामनाथ कुँवर, त्रिभुवन पौडेल र गीता रानामगर पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्वारा स्थापित ३५ हजार राशिको पोखरा पत्रकारिता सम्मान पत्रकार श्यामनाथ कुँवरले पाउने भएका छन् ।

Advertisement

त्यस्तै, २५ हजार राशिको गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार त्रिभुवन पौडेल र ११ हजार १ सय ११ रुपैयँ राशिको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पत्रकारिता पुरस्कार गीता रानामगरलाई प्रदान गरिने पत्रकार महासंघ

कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले जनाए । ती पुरस्कार महासंघ कास्कीको स्थापना दिवस अवसरमा असार १२ मा प्रदान गरिनेछ । पुरस्कारका लागि गठित प्रतिभा छनोट समितिको सिफारिसलाई महासंघको बैठकले अनुमोदन गरेको हो ।

पोखरा पत्रकारिता पुरस्कार यसअघि नारायण कार्की, कुसुमकेशव पराजुली, बद्री विनोद प्रतीक, माधव शर्मा, पुण्य पौडेल, कृष्णप्रसाद बास्तोला, दुर्गा बराल ‘वात्स्यायन’ र पोखरा महानगरपालिका सम्मानित भइसकेका छन् ।

सम्मानित हुने श्यामनाथ कुँवर समाधान दैनिकमा कार्यरत छन् । साढे दुई दशक पोखरामा रहेर पत्रकारिता गरेका उनी महासंघ कास्कीका पूर्व उपाध्यक्ष हुन् । पत्रकार कुसुमकेशव पराजुली संयोजक रहेको सो पुरस्कार छनोट समिति सदस्यमा कृष्णप्रसाद बास्तोला, दुर्गा बराल ‘वात्स्यायन’, महासंघ अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना सदस्य थिए ।

पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष पत्रकार त्रिभुवन पौडेल पोखरा हटलाइन दैनिकका सम्पादक हुन् । पत्रकार बद्रीविनोद प्रतीक संयोजक रहेको प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेको हो । सदस्यमा रवीन्द्र बास्तोला,

रुपनारायण ढकाल, दीपेन्द्र श्रेष्ठ र रामप्रसाद तिमिल्सेना सदस्य थिए । अर्का पत्रकार रानामगर पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य हुन् । उनी एबीसी टेलिभिजनमा आवद्ध छन् ।

महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेको थियो । समिति सदस्यमा सरिता तिमिल्सिना, रुद्र श्रीस मगर, दपिेन्द्र श्रेष्ठ र रामप्रसाद तिमिल्सेना सदस्य थिए।

More News last news
Loading...