घाँस काट्न गएका सुवेदीको रुखबाट लडेर मृत्यु

पोखरा । पोखरामा घाँस काट्न गएका एक व्यक्तिको रुखबाट लडेर मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर २१ निवासी ५२ बर्षीय शिवप्रसाद सुवेदीको रुखबाट लडेर मृत्यु भएको हो।

Advertisement

शुक्रबार दिउँसो घर नजिकै घाँस काट्न जाँदा रुखबाट लडेर गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...