धादिङ दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या ५ पुग्यो, १० घाईते (नामावली सहित)

धादिङ । धादिङ्को गल्छी गाउँपालिका ६ बाझगाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

दुर्घटनामा घाइते भएकामध्ये गल्छी गाउँपालिका ४ की २१ वर्षीया सबिता अधिकारीको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

Advertisement

दुर्घटनामा गल्छी गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, वडा नम्बर ६ की ३० वर्षीया कान्छी भुजेल र २५ वर्षीया नानु तामाङको घटनास्थलमै ज्यान गएको थियो।

प्रहरीका अनुसार स्थानीय कार्कीडाँडाबाट खचाखच यात्रु र तरकारी हालेर बैरैनी बजारतिर आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप शुक्रबार १२ बजे कच्ची सडकमा पल्टिएर दुर्घटना भएको थियो।

दुुर्घटनामा घाइते भएकाहरुकाे नामावली:

१. धादिङ, गल्छी गाउँपालिका-४ ६२ वर्षीय बिष्णु अधिकारी

२. ३५ वर्षीया सुनिता मिजार

३. २३ वर्षीया सुजिता अधिकारी

४. १५ वर्षीय सन्तोष रम्तेल

५. ७० वर्षीय कृष्ण सार्की

६. २८ वर्षीया रेनु भण्डारी

७. ३५ वर्षीय राम कृष्ण प्याकुरेल

८. २६ वर्षीया शुष्मा लामा

९.  नाम, ठेगाना नखुलेका २ पुरुष

More News last news
Loading...