काठमाडौँ । नुवाकोट किस्ताङ गाउँपालीका भाल्चे निवासी लवङ घले करेन्ट लागेर गम्भिर घाईते भएका छन्। किस्ताङ गाउँपालिकाका मेहरमान तामाङको घर बनाउँदै गर्दा लवङ घलेलाई करेन्ट लागेको हो।
अहिले उनको टिचिङ अस्पताल माहाराजगञ्जमा उपचार भइरहेको छ। अहिलेसम्म सम्पूर्ण खर्च घरवाला मेहरमान तामाङ र र्फेड नेपाल नामक संस्थाले गरिरहेका छन्। घलेको दायाँ हात र दाँया कानले काम गर्न नसक्ने साथै शारीरका विभिन्न भागमा पोलेर गम्भिर प्रकृतिका घाउ भएका छन्।
उनको उपचारमा धेरै खर्च लाग्ने अस्पतालले जनाएको छ । परिवारले सहयोगका लागी अपील गरे सँगै उनको उपचारका लागी सहयोग जुटन थालेको छ। युएइमा रहेकी सोनी राइको अगुवाइमा त्यहाँ कार्यरत नेपालीहरुले नगद रु ८०,००० जम्मा गरेका छन् ।
अभियानकार्ता सोनी राईका पति तथा द्धन्द निर्देशक राजु किराँत राइले फेर्ड नेपाल नामक संस्थाकी संयोजक मन्जु तामाङ र मिडिया कर्मीको उपस्थितीमा बिरामीका परिवारलाई सो रकम हस्तान्तरण गरेका छन्।
उपचारका लागि आर्थिक अवस्था कमजोर भएकाले सबै पक्ष, निकाय र सरोकारवाला निकायसंग उनको परिवारले सहयोगको अपेक्षा गरेको छ । सहयोगका लागि लवङ घलेकी श्रीमतीको फोन न. ९६११०७७८३३ मा सम्पर्क गर्न सक्नुहुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
