पर्वत । पर्वतमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोदी गाउँपालिका ६ तिलाहारका ३५ वर्षीय कृष्णबहादुर थापा रहेका छन्।
पोखराबाट बागलुङतर्फ जाँदै गरेका थापाले चलाएको ग ९ प ७७३७ नं। को मोटरसाइकल र कुस्माबाट पोखरातर्फ आउदै गरेको ना ५ ख ६३५२ नं। को यात्रुवाहक बस पातिचौरमा एकआपसमा ठोक्किदा थापाको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल ल्याउन लागिएको भएपनि बाटोमा नै मृत्यु भएको हो। प्रहरीले बस र चालक गोरखाका गोविन्द चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
