काठमाडौँ । साउदी राजकुमार मोहम्मद बिन सलमानमाथि पत्रकार जमाल खशोगीको हत्याको अभियोग लाग्ने भएको छ। हत्यामा उनको संलग्नताको ठोस प्रमाण फेला परेपछि अभियोग लाग्ने भएको हो।
संयुक्त राष्ट्रसंघको गैर न्यायिक हत्यासम्बन्धि अनुसन्धानकर्ता आग्नेज कालामार्डले रिपोर्ट तयार गरी खसोगीको हत्यामा साउदी अरेबिया जिम्मेवार रहेको उल्लेख गरेकी छिन्।
विश्वसनीय प्रमाण फेला परेपछि साउदी राजकुमार सलमानसहित उच्च अधिकारीहरु अनुसन्धानको दायरामा परेका छन्।
रिपोर्टले कसैलाई दोषी नदेखाएपनि राजकुमार सलमानसहित उच्च साउदी अधिकारीहरुतर्फ अनुसन्धानको सुई घुमाउने आधार दिएको छ।
२ अक्टोबर २०१८ मा टर्कीस्थित साउदी दूतावासमा विशेष टोली पुगेर खसोगीको हत्या गरेको थियो। हत्यापछि साउदी सरकारको विश्वभरबाट आलोचना भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
