कपिलवस्तु । शिवराज नगरपालिका वडा नं. २ हल्लानगरमा रहेको सुरही नदीमा डुबेर ३ जना युवकको ज्यान गएको छ ।
गर्मी छल्न नदीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गुमाउनेमा विजयनगर गाउँपालिका वडा नम्बर ६ का १७ वर्षीय आशिष भट्टराई, १८ वर्षीय सुमित सुनार र १७ वर्षीय निरञ्जन भुषाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
युवकहरु डुबेको खबर पाएपछि नदीमा पुगेको प्रहरी टोलीले युवकहरुलाई मृत अवस्थामा पानीबाट बाहिर निकालेका थिए ।
अधिक गर्मी भएपछि गर्मी छल्ल उनीहरु नदीमा पौडी खेल्न गएका थिए । ३ युवकहरुको मृत्युपछि अहिले विजयनगर गाउँपालिका वडा नं. ३ शोकमा डुबेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
