काठमाडौं । काठमाडौं, गोकर्णेश्वार नगरपालिका-५ जोरपाटी डेरा बस्ने सर्लाही मुर्तिया घर भएकी ३५ वर्षीया मिरा मगर सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन्।
कास्की, पोखरा महानगरपालिका-१४ मझेरीपाटन खाने पानी ट्याङकी नजिकै बिजयपुर खोला किनारमा हाल नाम, थर, वतन, नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्।
भक्तपुर, मध्यपुर ठिमी नगरपलिका-२ मगरगाउँ डेरा गरी बस्ने हुम्ला घर भएका करिब १९ वर्षीय बीर बहादुर बैजी सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्। आइतबार राति खाना खाई सुतेकोमा सोमबार बिहान १० बजेसम्म ढोका नखुलेको भन्ने खबर प्राप्त हुनसाथ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको हो।
बझाङ, खप्तड छान्ना गाउँपालिका-७ गडराय गाउँकाछान्नामा राम बहादुर खडका सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
