पोखरा । पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा २ ख १८९१ नम्बरको हाईस अनियन्त्रित भई दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्।
शुक्रबार तनहुँको म्याग्दे ४ छबिसेमा पर्ने पृथ्वी राजमार्गमा हाईस अनियन्त्रीत भई दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका हुन्। प्रहरीका अनुसार हाईस अनियन्त्रीत भएपछि सडकबाट करिब १२ फिट तल खसेको थियो ।
दुर्घटनामा परी कास्कीको अन्नपुर्णका ३३ बर्षीया सम्झना पुन मगर, पोखरा ९ बस्ने २९ बर्षीय नबिन भुजेल, पोखरा २४ बस्ने २३ बर्षीय सुशान सुबेदी, तनहुँको देबघाट २ बस्ने ४० बर्षीय बिजय थापा, ४६ बर्षीय छबिलाल थापा, नवलपरासीको बुलिङटार ५ बस्ने २६ बर्षीय कृष्ण बहादुर राना, ५९ बर्षीय हर्क बहादुर थापा र भारतका ३६ बर्षीय जितेन्द्र पाण्डे घाईते भएका हुन् ।
घाइते सबैको दमौली अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
