दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका ४ सिप्टीस्थित गणेश विनायक माध्यमिक विद्यालयको सेप्टी ट्याङ्कीमा खसेर ४ बालबालिकाको मृत्यु भएको छ ।
४ ५ वर्ष पहिले बनेको शौचालयको सेप्टी ट्याङकी माथि थुपारिएको माटोमा खेलिरहेका बालबालिकाहरु ट्याङ्कीमा झरेको प्रहरीले जनाएको छ ।
विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा अन्दाजी ५ देखि १० वर्ष उमेरका बालबालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा निरुता ठगुन्ना, अनुष्का धामी, सुदिश धामी र युनिका ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
