पानी जमेको खाडलमा लडेर पोखरामा एक व्यक्तिको मृत्यु

पोखरा । पानी जमेको खाडलमा लडेर पोखरामा एक जनाको ज्यान गएको छ। पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मल पोखरीका ६० बर्षिय टंकप्रसाद पोख्रेलको मृत्यु भएको छ।

सोमबार बारीमा मल फालेर फर्कने क्रममा बाटोमा पानी जमेको खाडलमा लडेर पोख्रेलको मृत्यु भएको हो। घटना बारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

Advertisement

More News last news
Loading...