पोखराको एक मिनिरल वाटरको बोतलभित्र माकुरो भेटियो

पोखरा । पोखराको एक खानेपानी कम्पनीले उत्पादन गरेको पानीको बोत्तल भित्र माकुरा फेला परेको छ। पोखराको लेखनाथबाट उत्पादन भएको सेभेन लेक्स कम्पनीले उत्पादन गरेको पानीको बोत्तल भित्र माकुरा फेला परेको हो।

एउटा पसलमा उपभोक्ता पानी किन्न गएको समयमा पानी किन्दा माकुरा भेटिएको हो। पोखरा महानगरपालिका वडा नं ३१ पचभैयामा रहेको लेखनाथ शुद्ध खानेपानी उद्योगले उत्पादन गरेको पानी पोखरा ४ को एक किनारा पसलबाट किन्दा त्यसमा माकुरा भेटिएको उपभोक्ताले जनाएका छन्।

Advertisement

उक्त कम्पनीको पानी पोखरा र लेखनाथमा सबैभन्दा बढी खपत हुने गर्दछ। यसबारेमा कर्मचारीलाई जानकारी गराउँदा पनि वेवास्ता गरिएको उपभोक्ताले गुनासो गरेका छन्।

More News last news
Loading...