वालिङ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको गाडी गाडी स्याङ्जाको अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा जोतिएको छ। आज सहरे खोला पुलको शिलान्यास गरेर फर्किने क्रममा मन्त्री सवार गाडी खोलामा जोत्तिएको हो।
बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो । खोला तर्ने क्रममा गाडी डुबे पनि मन्त्री भने सकुशल रहेका छन्।
मन्त्रीको गाडी अरु कुनै कारण नभई खोलामा पुल नभएकै कारण खोलामा फँसेको हो। अहिले त्यस्तै खोलामा डुबेको सवारी साधन क्रेनको सहयोगमा बाहिर निकालिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
