डोटीमा खेत रोपाइँ गरिरहेका ७ जनालाई चट्याङ लाग्यो

डोटी । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ चैकोटमा आइतबार साँझ करीब ५ः३० बजे चट्याङ लागेर सात जना महिला घाइते भएका छन्।

गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले दिएको जानकारीअनुसार खेतमा रोपाइँ गरिरहेको समयमा अचानक चट्याङ पर्दा सोही स्थानका देवी बोहरा, पदमा धानुक, भगु दमाई, कल्पना दमाई, दुर्गा दमाई, जमुना दमाई र मिट्ठु दमाई घाइते भएका हुन्। घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

Advertisement

More News last news
Loading...