पोखराको फुर्सेखोलामा माछा मार्न गएकी युवती मृत अवस्थामा फेला

पोखरा । पोखरामा आइतवार घरबाट माछा मार्न भनेर हिडेकी युवती मृत अवस्थामा फेला परेकी छन् ।

पोखरा महानगरपालिका-१७ काउसेघारी नजिकै फुस्रेखोलामा माछा मार्न गएकी घारीपाटनकी २४ वर्षीया युनिसा गुरुङ मृत अवस्थामा फेला परेको प्रहरीले उल्लेख गरेको छ ।

Advertisement

माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएकी गुरुङ खोजतलाश गर्नेक्रममा खोलामा मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक नवराज भट्टले जनाएका छन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...