पोखरा, कास्की । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता तथा कार्यकर्तालाई कास्कीबाट पक्राउ परेका छन्।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित उरीमा गएराति बैठक बसिरहेको अवस्थामा प्रहरीले कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारीसहित १८ जनालाई पक्राउ गरेको स्रोत जनाएको छ।
त्यसैगरी पक्राउ पर्नेमा आक्रोश भनिने विवेक भण्डारी, काजी गुरुङ र मिलन राईलगायत छन्।
अन्नपूर्ण गाउँपालिका-११ बाट उनीहरुलाई शनिबार राति पक्राउ गरिएको हो। घान्द्रुक क्षेत्रमा विप्लव माओवादीका कार्यकर्ताको गतिविधि बढेको जानकारी आएपछि प्रहरीले चासो दिएको थियो।
सोही आधारमा लामो दुरीको गस्ती गरेर उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। पक्राउ परेकाहरु एक सामुदायिक भवनमा बसेर छलफल गरिरहेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
