विजय नेपाल
पोखरा । चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड–२०७५ मा युकेश गुरुङ र सुष्मी श्रेष्ठ वर्ष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरा सभागृहमा भएको समारोहमा प्याराग्लाइडिङका युकेश गुरुङ पुरुषतर्फ वर्ष खेलाडी घोषित हुँदै टीभीएस अपाचे मोटरसाइकल पुरस्कार पाए ।
यस्तै, फूल कन्ट्याक्ट कराँतेकी श्रेष्ठले महिलातर्फ वर्ष खेलाडी घोषित हुँदै वीगो स्कूटर चढिन् । वर्ष चर्चित खेलाडीको उपाधि सुटिङकी श्रेया केसीले जित्न सफल भइन् । एसएमएस भोटिङ आधारमा उनले सर्वाधिक मत प्राप्त गर्दै २५ हजारसहित वर्ष चर्चित खेलाडी बन्न सफल भएकी हुन् ।
यस्तै, उदियमान खेलाडीतर्फ क्रिकेटका अर्जुन कुमाल र वर्ष उत्कृष्ट प्रशिक्षकमा फूल कन्ट्याक्ट कराँतेका दीपक गोदारले उपाधि हात पारे । उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका चित्रबहादुर गुरुङलाई सम्मान गरियो भने वर्ष उत्कृष्ट पत्रकार पुरस्कारबाट मञ्च पूर्व अध्यक्ष विनोद लामिछाने २० हजारसहित पुरस्कृत भए । वर्ष उत्कृष्ट खेल संघ अवार्ड जिल्ला बास्केटबल संघ कास्कीलाई १५ हजार रुपैयाँसहित सम्मान गरियो ।
वर्ष उत्कृष्ट पुरुष, महिला, उदियमान र प्रशिक्षक विधामा यसअघि नै उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरिएको थियो । ती मध्येबाटै चर्चित खेलाडी छनोटमा पूरै एसएमएसलाई आधार मानिएकोमा अन्य विधामा भने छनोट समिति निर्णयलाई आधार मानिएको छनोट समिति संयोजक रामकृष्ण ज्ञवालीले बताए ।
वर्ष खेलाडी पुरुष युकेश गुरुङको अनुपस्थितिमा उनको बुबाले अवार्ड थापेका थिए । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिलालाई सामसङ मोवाइल वर्ड कनेक्सनले मोवाइल उपलब्ध गराएको थियो ।
पोखरा लेकसाइडका १८ वर्षीय युकेश आठौं राष्ट्रिय खेलकुदमा टिमतर्फ क्रसकन्ट्री इभेन्ट्समा स्वर्ण र इण्डोनेसियामा भएको एशियन गेम्समा टिमतर्फ क्रसकन्ट्री इभेन्ट्समा स्वर्ण जित्न सफल भएका थिए । वर्ष खेलाडी महिला घोषित २१ वर्षीय श्रेष्ठ स्याङ्जा भीरकोटकी हुन् । उनले आठौं राष्ट्रिय खेलकुदमा खुला तौल समूहमा कास्य, सेकेण्ड साउथ एशियन रिजनल कन्ट्रिज क्युकोसिन कराँतेमा खुला तौल समूहमा स्वर्ण, २९ औं यूरोपियन च्याम्पियनसीपमा खुला तौल समूहमा काँस्य जितेकी थिइन्।
वर्ष चर्चित खेलाडी घोषित श्रेया वर्ष महिला खेलाडी विधामा थिइन् । उनी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एकलतर्फ स्वर्ण र टिमतर्फ रजत विजेता हुन् । प्रमुख अतिथि मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले लाइफटाइम अचिभमेन्ट अवार्ड विजेता चित्रबहादुर गुरुङलाई सम्मान गर्दै यसप्रकारका कार्यक्रमले खेल र खेलाडीको विकासमा सघाउ पुग्ने बताए । स्याङ्जका गुरुङ हाल वन विज्ञान अध्ययन संस्थानमा खेल शिक्षकको रुपमा कार्यरत छन् । उनले तेस्रो दक्षिण एशियाली खेलकुद कोलकत्ता–१९८७ रजत, चौथो दक्षिण एशियाली खेलकुद–१९८९ स्वर्ण र ११ औं एशियाली खेलकुद बेइजिङ–१९९० कास्य पदक हात पारेका छन्।
वर्ष खेलाडी विधामा स्क्वासका अमृत थापामगर, फूल कन्ट्याक्ट कराँतेका रुपक नेपाली, वर्ष महिलामा सफ्ट टेनिसकी प्रीति बराल, उदियमान आर्चरीकी अनुष्का शेरचन, तेक्वान्दोकी सुस्मिता थापामगर, प्रशिक्षकमा ह्याण्डबलका भीमसेन शाक्य र हक्कीका राजेन्द्र पाठक मनोनयनमा थिए ।
अवार्ड विजेतालाई सामाजिक विकास मन्त्री नरदेवी पुन, कृष्ण थापा, सांसद मीना गुरुङ, राजीव पहारी, दीपक कोइराला, मोहन रेग्मी, मित्रकुमारी गुरुङ, बतास ब्रदर्श प्रालिका चिफ अपरेटिङ अफिसर राजेश रानाभाट, प्रबन्धक सन्तोष पोखरेल, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, छनोट समिति संयोजक एवं मञ्च संसथपक अध्यक्ष रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेल, मञ्च अध्यक्ष एकराज गिरी लगायतले अवार्ड तथा सम्मान प्रदान गरेका थिए।
कार्यक्रमबीच सशस्त्र प्रहरीका पूर्व आइजीपी स्व.सविर थापाका छोरा आशीष थापाको तर्फबाट सहयोग रकम १ लाख ५ हजार राखेप सदस्य राजेश गुरुङले प्रदान गरे । उनले आफ्नो तर्फबाट र इमानसिंहको तर्फबाट संयुक्त ५० हजार मञ्चलाई प्रदान गरे। यसैबीच, उत्कृष्ट प्रशिक्षक बनेका गोदारले आफूले पाएको २५ हजारमा २५ हजार थप गरी राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघको सहयोगार्थ प्रदान गरे।

कार्यक्रममा द लुक्स फेसन होमले आयोजना गरेको पाँचौ मिस सी क्वीनका प्रतियोगीले ¥याम्प प्रस्तुत गरेका थिए भने फूल कन्ट्याक्ट कराँते र केन्दो खेलको डेमो देखाइएको थियो । हिमाली सांस्कृतिक परिवारले नृत्य प्रस्तुत ग¥यो । मञ्च अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव राजाराम पौडेल र धन्यवाद ज्ञापन उपाध्यक्ष रञ्जन अधिकारीले गरेका थिए ।
बतास ब्रदर्श प्रालिको मुख्य प्रायोजनमा भएको कार्यक्रमका सहयोगीमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राखेप, किस्ट अस्पताल संचालक सविर थापा, नेपाल पर्यटन बोर्ड, माता मनकामना कृषि फर्म पोखराका संचालक एवं राखेप सदस्य राजेश गुरुङ र लाहाचोक कृषि फर्मका संचालक इमानसिंह गुरुङ, रुपा गाउँपालिका, सांसद मीना गुरुङ (हङकङ व्युटी इन्स्टिच्युट प्रालि), फेदीखोला गाउँपालिका, पोखरा-१० निवासी स्व. हेमबहादुर पुनको स्मृतिमा परिवार, पोखरा कन्क्रिट कन्सर्न प्रालि, सांसद राजीव पहारी, होटल सिटी इन, हेल्थ अपडेट मासिक, सामसङ मोवाइल वल्र्ड वाइड कनेक्सन, पोखरा वडा ३, ५, ७, ८ र १३, कास्की जिल्ला खेलकुद विकास समिति, सहारा क्लब पोखरा, बुल्स मेन क्लब, गुरुङ व्युटी पार्लर एण्ड एकेडेमी प्रालि, सितेसियो कराँते संघ र मुआथाई संघ कास्की, अन्नपूर्ण गाउँपालिका, रुपा गाउँपालिका, माछापुच्छे«, पोखरा वाटर सप्लायर्स, क्षेत्रीय खेलकुद विकास समिति पोखरा, कास्की जिल्ला बास्केटबल संघ, नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखरा, कास्की जिल्ला टेनिस संघ, पश्चिमाञ्चल होटल संघ पोखरा, मिलन गुरुङ (एन्फा कास्की), चिल्लीबार, माउन्ट व्लू टुरिष्ट होष्टल, अतिथि रिसोर्ट एण्ड स्पा लगायत छन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
