काठमाडौं । भीरकोट नगरपालिका वडा नं– ७ पासीनडाँडामा सञ्चालित अन्तरवडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर स्थानीय नेपाल वाईड स्पेश युवा क्लबले आयोजना गरेको प्रतियोगिता समापन गर्दै संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका महासमिति सदस्य राजु थापाले खेल मानव जीवनका लागि अपरिहार्य रहेको बताए । उनले खेल क्षेत्रको माध्यमबाट मात्र युवाहरुलाई एकतावद्द बनाउन सकिने भएता पनि सरकारले खेल क्षेत्रका लागि बजेट कम छुट्याउनु दुभाग्य भएको जिकिर गरे ।
युवाहरुलाई विभिन्न सीप प्रदान गरि युवा स्वरोजगारका लागि आफु प्रतिवद्द रहेको बताए । भलिबलको उपाधि आँधीखोला पिस युथ क्लब बयरघारीले जितेको छ । १५ टिमको सहभागिता रहेको प्रतियोगितामा विजेताले ४५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पार्यो भने उपविजेताले ३५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आँधीखोला पिस युथक्लबका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए ।
आँधीखोला पिसले आयोजक मेरो नेपाल वाईड स्पेश युवा क्बललाई पराजित गर्दै उपाधि जितेको हो । कार्यक्रममा वडा नं ५ का अध्यक्ष यामप्रसाद अधिकारी ७ का अध्यक्ष शेषकान्त अर्याल, काँग्रेस नगरसभापति तोयनाथ अर्याल लगायतले बोलेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
