वातावरण दिवस : तारकेश्वर–१० मा वृहत चेतनामूलक सफाई र्याली सम्पन्न

काठमाडौँ । विश्व वातावरण दिवस –२०७६ का अवसरमा तारकेश्वर–१० मा चेतनामूलक र्याली भएको छ । तारकेश्वर–१० तारकेश्वर आवाजको संयूक्त आयोजनामा सो चेतनामूलक सफाई र्याली भव्य रुपले सम्पन्न भएको हो ।

तारकेश्वर–१० का वडाध्यक्ष अमृत थापाको नेतृत्वमा वडा अन्र्तगतका विभिन्न शैक्षिक संस्था, महिला समूह, सरकारी तथा ग्रैह सरकारी संस्थाको सो कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

सो र्याली तारकेश्वर–१० को वडा कार्यालयबाट सुरु भई लोकतान्त्रिक चोक–छन्त्याल चोक–मालपोत चोक–नापी चोक–राष्ट्रिय न्यायिक प्रतिक्ष्ठान हुदै नयाँ निर्मित माईक्रो पार्कमा पुगेर सम्पन्न भएको हो ।

सो र्यालीमा तारकेश्वर–१० अन्र्तगतका विभिन्न महिला समूह, मानसिंह धर्म मा.वि., लाली गुराँस नेशनल एकेडेमी, एन्जल्स् हार्ट मा.वि., न्यू सिरस स्कुल, सहरी स्वास्थ्य केन्द्र, तारकेश्वर–१०, तारकेश्वर सामाजिक तथा खेलकुद मञ्च र प्रहरी प्रभाग गुम्वाका प्रमुख एवं प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

More News last news
Loading...