पोखराको फेवा र बेगनासतालमा एकैदिन दुई जनाको शव फेला

शुन्दरी बजार । पोखरामा एकैदिन दुई जनाको शव फेला परेको छ।

बुधबार फेवा र बेगनासतालमा दुई पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बेगनासतालमा भेटिएका अन्दाजी ६५ वर्षीय पुरुषको हालसम्म पहिचान खुलेको छैन।

Advertisement

यता फेवातालमा मृत भेटिएका युवकको भने पहिचान खुलेको छ । सिन्धुपाल्चोकको बाणें गाँउ घर भएका २७ वर्षीय थबिन्द्र कोईराला रहेका छन्।

उनको शव गौरीघाटस्थित रत्न मन्दिरको गेटअगाडी तालमा तैरिरहेको अवस्थामा भेटिएको हो। दुवै घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...