भोलि कास्कीमा शैक्षिक हडताल (विज्ञप्तिसहित)

पोखरा । भोलि नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारी कास्कीले शैक्षिक हडतालको घोषणा गरेको छ। राज्यले विद्यार्थीमाथि दमन गरेको बताउदै नेकपाको विद्यार्थी संगठनले हड्ताल घोषणा गरेको हो।

गत १२ गते अखिल (क्रान्तिकारी) कास्कीका जिल्ला सचिव विश्वास थापा (पवन) लाई कास्की प्रहरीले बिनाकारण हिरासतमा लिई चरम शारीरिक तथा मानसिक यातना दिएको दाबी गर्दै शैक्षिक हडताल आह्वान गरेको संगठनले जनाएको छ।

Advertisement

क्रान्तिकारी कास्कीका अध्यक्ष काजी गुरुङले प्रेसविज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेका छन्।

More News last news
Loading...