रसुवा जीप दुर्घटनामा मृत्यु हुने ३ जनाको पहिचान खुल्यो, ५ घाईते, ३ अझै बेपत्ता
रसुवा । रसुवामा हिजो साँझ भएको टाटा सुमो दुर्घटनामा परि ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ। सुमो दुर्घटनामा परी ज्यान जानेमा आमाछोदिङ्मो गाउँपालिका-४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घले रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
दुर्घटनामा सोही ठाउँका ३२ वर्षीय सवारी चालक निमा तामाङ र ३५ वर्षकी जौरानी घले, ५ वर्षीय फुर्बु याङजेन तामाङ, २९ वर्षीय योङ जुङ तामाङ र ३ वर्षीय निम छेवाङ तामाङसहित ५ जना घाईते भएका छन्।
दुर्घटनामा परी पासाङदे घले, याङ्जेन तामाङ र ल्तेतङ घले बेपत्ता भएका छन् । दुर्घटनाग्रस्त बा १० च ५८२० नम्बरको टाटा सुमो पोखराबाट रसुवाको गोल्जुङ जाँदै गर्दा मैलुङ–स्याफ्रु सडक खण्डमा पर्ने गुम्चेतमा दुर्घटनामा परेको हो।
तस्बिर : माधव अर्यालको फेसबुकबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
