दैलेख । दैलेखमा एक व्यक्तिलाई ३८ वर्ष कैद फैसला गरिएको छ। भैरबी गाउँपालिका–४ भैरीका २१ वर्षीया टेकराज पुरीलाई उक्त कैद फैसला गरिएको हो।
आफ्नै श्रीमती र छोरालाई बेचेको आरोपमा पुरीलाई दैलेख जिल्ला अदालतले आज रु तीन लाख ३० हजार जरिवाना, रु एक लाख ६५ हजार क्षतिपूर्ति र ३८ वर्ष छ महीना कैदको फैसला गरेको हो।
न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट आज उक्त फैसला सुनाइएको हो। उक्त फैसला मानव बेचबिखनमा २० वर्ष, ओसार–पसारमा १५ वर्ष र कूल सजायको थप १० प्रतिशतले हुन आउने साढे तीन वर्षसमेत ३८ वर्ष छ महीना कैद भएको अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
