आङछिरिङको निधनपछि यती र तारा एयरलाइन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा 

काठमाडौं । यती र तारा एयरलाइन्सको जिम्मेवारी आङछिरिङ शेर्पाकी पत्नी चन्दा शेर्पाले सम्हालेकी छन् । तीन महिना अघि हेलिकप्टर दुर्घटनामा प्रबन्ध निर्देशक आङछिरिङको निधन भएपछि रिक्त रहेको पद पत्नी चन्दा शेर्पाले सम्हालेकी हुन ।

एयरलाइन्सको अध्यक्षमा भने उनका जेठाजु (आङछिरिङका दाजु) सोनाम शेर्पा नै छन्। उनी सुरूआतदेखि नै अध्यक्ष रहँदै आएका छन् । यती र तारा एयरलाइन्सको नवनियुक्त प्रबन्ध निर्देशक चन्दा यस अघि उनी हिमालयन सोसाइटी ट्राभल हेर्दै आएकी थिइन् ।

Advertisement

सन् १९९८ मा शेर्पा दाजुभाइ मिलेर यती एयरलाइन्स स्थापना गरेका थिए। सन् १९९८ को सेप्टेम्बरमा यतीको ट्विनअटर जहाजले व्यवसायिक उडान गरेको थियो। तारा एयरले काठमाडौंबाट लुक्ला, फाप्लु, लामीडाँडा, रुम्जाटार, रामेछाप र भोजपुरका लागि उडान गर्दै आएको छ।

त्यस्तै, पोखराबाट जोमसोमका साथै नेपालगन्ज र सुर्खेतबाट डोल्पा, जुम्ला, बाजुरा, सिमीकोट, रारा, रुकुम र बझाङमा हवाई सेवा सञ्चालन गरिरहेको छ।

More News last news
Loading...