कास्की आदर्श सेवा समाज युएईको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

कुँवर केदार

यूएई ।  कास्की आदर्श सेवा समाज, युएईको पाँचौं वार्षिक साधारण सभा  विशेष समारोहका बीचसम्पन्न गरेको छ । शुक्रवार ३१ मे २०१९ का दिन दुबईको वरदुवबई स्थित यास्मिन रेष्टुरेण्टको सभा हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथीमा नेपाली समाज युएईका भुपु अध्यक्ष तथा कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा कास्की आदर्श युएईका संस्थापक कृष्ण बहादुर ढकालको उपस्थिती रहेको थियो ।

Advertisement

विशेष अतिथीको रूपमा नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद साप्कोटाको उपस्थिती रहेको थियो। अतिथीहरूमा क्रमशः नेपाल विश्व सहयोग संगठन युएईका अध्यक्ष गोविन्द ढकाल,  समाजका आजिवन सदस्य तथा तमु प्ये ल्हुँ संघका अध्यक्ष भिम गुरूङ (सविनय), राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान युएईका अध्यक्ष गोपिकृष्ण पंगेनी, तनहुँ समाज युएईका अध्यक्ष कृष्ण पौडेल, पर्वत सेवा समाज युएईका अध्यक्ष पर्शुराम पौडेल, गोर्खा सेवा समाज युएईका अध्यक्ष प्रकाश बन्जारा, स्याङ्जा सहयोग समाज युएईका महासचिव ओमकार पोख्रेल पाल्पाली सेवा समाज युएईका प्रतिनिधी राज बगर, सँस्थाका संरक्षक गुप्तशेखर पौडेल, सल्लाहकार संयोजक मनोज कुमार सैंजु, संस्थाका सल्लाहकार तथा तमु प्ये ल्हुँ संघका अध्यक्ष ओम गुरूङ, संस्थाका आजिवन सदस्य तथा आएमई मध्यपुर्व प्रमुख सरोज बस्नेत , संस्थाका आजिवन सदस्य एवं पंचासे लगानी बोर्ड युएईका संयोजक बुद्धि बहादुर रानाभाट,  संस्थाका आजिवन सदस्य एवं नेपाली खेलाडी तथा प्रशिक्षक संघ युएईका अध्यक्ष हिरालाल श्रेष्ठको उपस्थिती रहेको थियो । त्यस्तै उक्त समारोहमा समाजका संस्थापक सदस्यहरू, केन्द्रिय समिती तथा क्षेत्रिय समितीका पदाधिकारीहरूका साथै अन्य आजिवन सदस्यहरू तथा साधारण सदस्यहरू एवं युएई कार्यरत कस्केली तथा गैर कस्केली नेपालीहरूको बाक्लो उपस्थिती रहेको थियो ।

पानसमा दिप प्रज्वलन गरी तथा नेपाली राष्ट्रिय गानका साथ बिधीबत रूपमा कार्यक्रमको उद्घाटन गरिए पछि आयोजकको तर्फबाट समाजका उपाध्यक्ष राजेश श्रेष्ठले स्वागत तथा शुभकामना मन्तव्य राख्नु भएको थियो। समाजका अध्यक्ष केदार कुँवरको सभापतित्वमा सम्पन्न समारोहको कार्यक्रम संचालन महासचिव विकास अधिकारीले गरेका थिए भने उपस्थित पाहुनाहरूको स्वागतका लागी समाजका कलाकारहरू शिवकुमार श्रेष्ठ र दिपीका गुरूङले स्वागत गानले स्वागत गर्नु भएको थियो ।

शुभकामना मन्तव्यका क्रममा वक्ताहरू सल्लाहकार संयोजक मनोज कुमार सैंजु तथा संरक्षक गुप्तशेखर पौडेलले यस पवित्र संस्थामा समाहित भयर संस्थाको स्थापनाकाल देखि अहिले सम्म हर सामाजिक कृयाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सरिक हुन पाउँदा आफुहरू हर्षीत भएको बताउँदै समाजको पुर्ण सफलताको कामनाका साथ भविष्यका दिनहरूमा पनि यसरी नै सामाजिक काममा सँस्था सँग सहकार्य गरिरहने बचन बद्धता व्यक्त गर्नु भएको थियो।

त्यसैगरि शुभकामना मन्तव्यकै क्रममा अतिथी तनहुँ सेवा समाजका अध्यक्ष कृष्ण पौडेलले कास्की आदर्श सेवा समाजसँग संस्थागत मात्र नभइ व्यक्तिगत रूपमा पनि आफुले हर सम्भव साथ र सहयोग दिने कुरा व्यक्त गर्दै समाजले युएईमा एक स्थापित संस्थाको रूपमा आफुलाई उभ्याउन सफल रहेको कुरा व्यक्त गर्दै छिमेकी जिल्ला तनहुँ सेवा समाजले युएइको सामाजिक गतिविधीमा कान्छो सँस्थाको रूपमा उभ्याउँदै गर्दा सँस्थागत सहकार्यका लागी अनुरोध गर्दै दुवै संस्था मिलेर विभिन्न कार्यक्रमहरू पस्कनु पर्ने कुरा राख्दै विगतमा दुर्इ अध्यक्ष बिच अनौपचरिक छलफलका क्रममा विकास गरियको कास्की तनहुँ एक बनौं भन्ने नारालाई यथार्थमा उतार्नु पर्ने कुरा राख्दै कास्की आदर्शको अरू सफलताको कामना गर्दै पाँचौं साधारण सभाको शुभकामना व्यक्त गर्नु भएको थियो।

तेसै गरि शुभकामना मन्तव्यकै क्रममा विशेष अतिथी नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद साप्कोटाले युएईको सामाजिक गतिविधीमा सक्रिय संस्था कास्की आदर्शले स्थापना भयको छोटो अबधिमा सामाजिक अभियानमा आफुलाई अब्बल सँस्थाको रूपमा प्रमाणित गरेका कुरा बताउँदै नेपाली समाजको सँस्थागत सहकार्य सदा रहने कुरा व्यक्त गर्दै हामीले यहाँ उद्धार गरेर मात्र नहुने हामीले यहाँ सिकेको ज्ञान, सिपको सदुपयोग गर्न हामी आफै स्वदेश फर्केर स्वरोजगार बन्नु पर्ने कुरा औल्याउँदै कास्की आदर्शको अरू सफलताको कामना गर्दै पाँचौं साधारण सभाको शुभकामना व्यक्त गर्नु भएको थियो।

उक्त समारोहमा नै समाजको स्थापनाकाल देखि तदर्थ समिती तथा प्रथम केन्द्रिय समितीको महासचिव तथा दोस्रो केन्द्रिय समितीको अध्यक्ष पदमा रहेर समाजलाई युएईमा स्थापित बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको हुनाले सँस्थापक महासचिव तथा वर्तमान सल्लाहकार संयोजक मनोज कुमार सैंजुलाई सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने सक्रिय आजिवन सदस्यहरू विजय त्रिपाठी र प्रकाश त्रिपाठीलाई पनि समाजको हर कृयाकलापमा अहोरात्र खटि समाजलार्इ दिएको योगदानको मुल्याङ्कन गर्दै प्रशंशा पत्रले सम्मान गरिएको थियो।

त्यस्तै सोही समारोहमा समाजको आजिवन सदस्यता प्राप्त गरेका सदस्यहरू आजिवन सदस्यताको प्रमाण पत्र प्रमुख अतिथीको हातबाट वितरण पनि गरियको थियो भने गत अप्रिल १२, २०१९ मा युएईमा कार्यरत आपद विपदमा परेका कस्केलीहरूको उद्धार तथा सहयोगका लागी आपतकालिन कोष स्थापनार्थ भयको नयाँ साल साँस्कृतिक धमाका २०१७६ कार्यक्रम सफल बनाउँनका लागी आर्थिक तथा भौतिक सहयोग गरेका समाजका सदस्यहरू एवं शुभचिन्तकहरू लाई सँस्थाको तर्फबाट सम्मान स्वरूप प्रशंसा पत्र प्रदान पनि गरिएको थियो ।

समाजका सचिव शिवराज बस्ताकोटीले समाजको वार्षिक सामाजिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष चन्द्रमोहन आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रस्तुत दुबै प्रतिवेदन उपस्थित सदस्यहरूले सर्व सम्मतिले पारित गरेका थिए। यस एक वर्षको अवधिमा समाजले दलाल मार्फत् अलपत्र पारिएकी कस्केली चेली तारा परियारको उद्धार, क्यान्सर पिडीत बिना थापालाई आर्थिक सहयोग, बोन म्यारो पिडीत सुनिता गुरूङलाई आर्थिक सहयोग, रक्तदान कार्यक्रम, भलिबल प्रतियोगीता, साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमहरू सफलता पुर्वक सम्पन्न गरेको थियो।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथी ढकालले सन् २०१४ फेब्रुअरी २१ मा गठित यस समाज आज पाँच वर्ष पुरा गरि वार्षिक साधारण सभा मनाइरहँदा छैठौं वर्षमा प्रवेश गरेको पुनित अवसरमा उपस्थित सबैमा शुभकामना व्यक्त गर्दै  कास्की जिल्लाबाट कामको सिलसिलामा युएईमा छरिएर रहेका कस्केली हरूलाई एउटै छाता मुनि संगठित रहन अपरिहार्य रहेको हुनाले यस समाजको स्थापना गरिएको जनाउँदै समाजले छोटो अवधीमा कृयाशिल रहि आफुलाई एक स्थापीत सामाजिक संस्थाको रूपमा परिचीत बनाउन सफल रहेको कुराको व्यख्या गर्दै सामाजिक कृयाकलापलाई तिव्रता प्रदान गर्नको लागी आफु सदा सर्वदा तयार रहेको कुरा व्यक्त गर्दै उपस्थीत कस्केली हरूमाझ संस्थाको महत्व र आवश्यकता बारेमा प्रष्ट पार्दै मध्यपुर्व लगायत विश्वभरी छरियर रहेका कस्केलीहरूलाइ एकता बद्ध रूपमा लैजानका लागी कास्की समाज अन्तराष्ट्रिय परिषद् गठन भएको कुरा व्यक्त गर्दै विशेष गरि श्रमिक वर्गमा सिमीत हामी कस्केलीहरूको हक अधिकार तथा समस्याका बारेमा काम गरिने कुरा व्यक्त गर्दै उपस्थित कस्केलीहरू मध्येमा कोही कसै स्वंयको समस्या वा आफ्ना सम्पर्कमा रहेका कस्केलीहरूको समस्याहरू निर्वाद रूपमा सँस्था समक्ष ल्याइ पुर्याउनका लागी अनुरोध गर्दै समाजले सकेसम्मका समस्याहरूको हल निकाल्नका लागी नेपाली दुतावास सँग सहकार्य गर्ने कुरा राख्दै शुभकामना व्यक्त गर्नुभएको थियो।

समारोहको अन्त्यमा कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष केदार कुँवरले यो परदेशमा हामी सबै व्यस्त छौं, यही व्यस्तताकाबीच हामी केही समय निकालेर यो समाजको हितमा काम गर्ने प्रयास गरिरहेको कुरा व्यक्त गर्दै सँस्था स्थापना भयको ५ वर्षमा युएईमा तथा गृह जिल्लामा मात्र सिमीत नरही सिंगो राष्ट्रका हितमा सक्रिय रहेको कुरा बताउँदै आफ्नो व्यस्तताको बाबजुद पनि समारोह सफल तुल्याउन तल्लिन रहनुभयका तयारी समितीका सदस्यहरू तथा कार्य समितीका पदाधिकारी तथा सदस्यहरूलाइ धन्यवाद ज्ञापन गर्दै उपस्थीत कस्केलीहरूलाई संस्थामा समाहित हुन आग्रहका साथ अपिल गर्दै पाँचौं वार्षिक साधारण सभाको शुभकामना व्यक्त गर्दै, समारोहमा सम्मानित हुनु भएका सँस्थापक महासचिव मनोज कुमार सैंजु तथा सक्रिय सदस्यहरू विजय त्रिपाठी र प्रकाश त्रिपाठीको सामाजिक जिवनमा अरू प्रगतीको कामना व्यक्त गर्नु भयको थियो भने वर्तमान कार्यसमितीले गर्नु पर्ने काम धेरै बाँकी रहेको कुरा याद गर्दै कार्यसमितीका सदस्य हरूलाई साथ दिन आग्रह गर्नुका साथै कार्यक्रममा विविध कारण वस युएईमा कृयाशिल कुनै पनि संघ सँस्थाहरूलाई निमन्त्रणा छुट्न गएको भएमा माफि माग्दै, उक्त कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न गर्न र समाजलाई यो हैसियत सम्म ल्याउन महत्वपूर्ण योगदान दिनुहुने समाजका सँस्थापक सदस्यहरू, पदाधिकारी तथा सदस्यहरु, विभिन्न उपसमितीका संयोजक तथा सदस्यहरू, सहयोगी संघ सँस्थाहरू लगायत उपस्थित कस्केली तथा गैरकस्केलीहरू प्रति धन्यवाद ज्ञापन तथा कृतज्ञता प्रकट गर्दै कार्यक्रम समाप्त भएको घोषणा गर्नुभएको थियो।

 

More News last news
Loading...