पोखरा । पोखरामा अवैधानिक रुपमा निर्माण सम्पन्न भएको होटल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्।
पोखराको लेकसाइडमा मापदण्ड विपरित निर्माण भएको स्विस इन्टरनेश्नल होटल सरोवरको प्रधानमन्त्री ओलीले यहि जेठ १८ गते शनिबार उद्घाटन गर्ने भएका हुन्।
जनवरी १० तारिख देखि सफ्ट ओपनिङ् गरिएको उक्त होटलको उद्घाटन प्रधानमन्त्रीबाट गर्ने तयारी गरिएको होटलका अध्यक्ष प्रा. डा. भरतराज पहारीले बताए।
पोखरा महानगरपालिकाबाट तीन तल्लाको मात्रै स्वीकृत लिएको उक्त होटल हाल भुइ तला सहित १० तले छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
