पोखरा । पोखरा महानगरपालिका-२६ विजयपुरमा एकसाथ ३ सवारी एकआपसमा ठक्कर खाँदा ७ जना यात्रु घाइते भएका छन्। विजयपुरमा बुधबार माइक्रोबस, मिनीबस र बस ठक्कर खाँदा ७ जना घाइते भएका हुन्।
दुर्घटनामा परि रुपा गाउँपालिका–५ की १७ बर्षिया निकिता गुरुङ, पोखरा–३२ की ३० बर्षिया देवी भुजेल, अन्नपुर्ण गाउँपालिका-३ बस्ने ४० बर्षिया सञ्जु गिरी, पोखरा–१२ कि ७५ बर्षिया मैया थापा घाइते भएका छन्। दुर्घटनामा परि थप घाइते हुनेहरुमा माछापुच्छ्रे गाउँपालिका-३ कि ५० बर्षिया मन कुमारी राना, २५ बर्षिया मिना शाही र २७ बर्षिया रिना शाही रहेको प्रहरीले जनाको छ।
बिहान करिव ११ः३० बजे भएको दुर्घटनामा परि घाइते भएका सातै जनालाई उपचारको लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिए।
तालचोकबाट पोखरा तर्फ आउदै गरेको ग १ ज ३९९१ नम्बरको माइक्रोले अगाडीको मोटरसाइकललाई जोगाउन अचानक ब्रेक लगाउँदा पछाडिबाट आइरहेको ना ६ ख ३५४० नम्बरको मिनिबस र त्यसको पछाडी आइरहेको ना ५ ख २१८० नम्बरको बस ठोकिदा दुर्घटना भएको प्रहरी प्रवक्ता पुरीले जनाए।
बस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
