चीनको सानदोङ प्रान्तमा कार्गो जहाज दुर्घटना, विमानमा रहेका सबै यात्रुको मृत्यु

चीनको सानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण १० जनाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो। उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ।

Advertisement

ग्यास चुहिएको सम्बन्धमा केही जिम्मेवार व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ। उक्त घटनाका बारेमा अनुसन्धान थालिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

More News last news
Loading...