हेटौंडा । हेटौंडा-१८ हटियामा रहेको शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिमेन्ट उद्योगको दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो।
‘कुकरमा खतरा लेखिएको छ। बाहिरबाट हेर्दा बम जस्तै देखिन्छ,’ मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले भने।
बम निष्कृय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
