पोखरा । पोखरामा भारी वर्षा र हावाहुरीको कारण फेवातालमा फसेका सात जनाको सशस्त्र प्रहरी बल एपिएफको रेस्क्यु टोलिले सकुशल उद्दार गरेको छ।
पोखरामा दिउसो करिब सााढे तिन वजे तिर आएको भारी वर्षा र हावाहुरीको कारणले डुबेको डुंगामा सवार पाँच जना र अलपत्रमा परेका दुई जनाको शकुसल उद्धार गरिएको हो। एपिएफका असइ दिपेन्द्र विष्टको कमाण्डमा खटिएको टोलिले सात जनाको तत्कालै सकुशल उद्धार गरेको हो।
डुगांमा सवार काठमाडौका २७ बर्षिय विनोद अर्याल, २१ वर्षका सविना मर्हजन, जेनी महर्जन, अजित मर्हजन र जरिना मर्हजन र कायकमा सवार पोखराका २२ बर्षिय साईरस गुरुङ र २५ बर्षिय रोनाले मगरको सकुशल उद्दार गरेको असइ दिपेन्द्र बिष्टले जानकारी दिए।
‘डुगांमा ५ जना सवार थिए, अचानक हावाहुरी र वर्षा भएपछि डुगां डुव्न पुगेको हो’ बिष्टले भन्नुभयो , ‘सवैलाई समयमै उद्धार गर्न सफल भयौँ भने तालको बीचमा हावाहुरीका कारण अलपत्रमा परेको कायकमा सवार दुई जनालाई पनि तत्काल उद्दार गर्यौँ।’ पोखरामा पछिल्लो समय निकै वर्षा हुने गरेको छ । पोखरामा उचित ढल निकासा नहुदाँ पछिल्लो समय बजार समेत ताल जस्तै बनेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
