बार्सिलोनामा फोहोर बोक्ने गाडीको ठक्करबाट स्याङ्जाका युवकको मृत्यु

स्पेन । बार्सिलोनामा नगरपालिकाको फोहोर बोक्ने सवारीले ठक्कर दिँदा एक जना नेपालीको मृत्यु भएको छ ।

स्याङ्जा जिल्ला विरूवा गाउँपालिका ६ चिन्ने घर भई दश महिना देखि बार्सिलोनामा बस्दै आएका वर्ष २३ का पुजन कोइरालाको शनिबार बार्सिलोनामा सडक दुर्घटनामा मृत्यु भएको हो ।  कोइराला जर्मन विद्यार्थी भिषामा एक वर्ष अघि आएका थिए ।

Advertisement

श्रेष्ठका अनुसार स्पेनमा लिगल रूपमा काम गर्ने कागजपत्र नभएको हुँदा रात्री कालमा गाभो अनलाइन होम डेलिभर सर्भिसको समान पुर्याउन जाने क्रममा मृत्यु भएको बताए।

श्रोतका अनुसार प्रकाश पाण्डेको स्पेनको काम गर्ने कागजपत्रबाट गाभोमा होमडेलिभरको काम गर्दै आएका थिए ।

मृतकको शब स्थानीय प्रहरीले पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ। नेपाली समुदायले पोस्टमार्टम पछि शब बुझ्ने र नेपाल आफ्न्तलाई पठाउने काम गरिने श्रेष्ठले बताए।

More News last news
Loading...