कुमार बाबु हिताँगा/ स्याङ्जा । गण्डकी विकास बैंक लिमिटेड स्याङ्जा शाखाले जेठ १२ गतेबाट सुनकर्जा सेवा पनि सुरु गरेको छ ।
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका १ सदरमुकामको पुतलीबजारमा रहेको शाखाले एसएमएस मोवाइल बैँकिङ्ग, आकर्षक व्याजदरमा निक्षेप योजना, रेमिटेन्स सेवा, विभिन्न कर्जा सेवा प्रदान गदै आएकोमा थप सुनकर्जा सेवा सुरु गरेको हो । गण्डकी विकास वैकको यस शाखाले ग्राहकको मागलाई मध्यनजर गरि शुलभ व्याजदरमा सुनकर्जा सेवा थप गरि पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको शाखा प्रबन्धक प्रविन्द्र श्रेष्ठले बताए ।
उनले भने यस शाखाले आकर्षक व्याजदरमा निक्षेप योजना र विभिन्न कर्जा शिर्षकमा कर्जा प्रदान गरि नागरिकको वित्तिय क्षेत्रमा पहुँच सिर्जना गर्न प्रयासरत छौ । गण्डकी विकास बैक लिमिटेडले देशभरि ७७ वटा शाखाबाट विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ ।
4th Newbiz Business Conclave & Award 2017 af6 Best Managed Development Bank Award समेत प्राप्त गर्न सफल बैकले यस आ.व २०७५।६७ को तेस्रो त्रैमासिकमा संञ्चालन मुनाफा मात्र रु ६० करोड,निक्षेप रु २७ अर्व ४८ करोड र कर्जा रु २४ अर्ब १९ करोड पुर्याएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
