गोरखामा ट्रिपर नदीमा खस्दा चालकको मृत्यु

काठमाडौँ । गोरखामा ट्रिपर नदिमा खस्दा चालकको ज्यान गएको छ। नयाँसाघुबाट निर्माण सामाग्री बोकेर चनौटे तर्फ जादै गरेको टिपर शनिवार राती १० बजेको समयमा सडकबाट करिब १५० मिटर तल दरौंदी नदीमा खसेर दुर्घटना भएको हो। दुर्घटनामा सिरानचोक –७ घर भएका चालक वर्षीय सुमन खड्काको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै धादिङ्ग जोगिमारा घर भएका सहचालक वर्ष २१ का प्रदिप श्रेष्ठ अहिले सम्म वेपत्ता छन भने ट्रिपरमै सवार सिरानचोक –७ कै वर्ष १४ का जनक गुरुङ्ग सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखा प्रमुख दयाराम पौडेलले जानकारी दिए। दुर्घटना भएको ट्रिपर नयाँसाँघु बारपाक सडकको स्तरउन्नतिका लागि प्रयोग हुदै आएको स्थानीयको भनाई छ।

Advertisement

More News last news
Loading...