ब्ल्याङ्क चेकमा रकम बढाई चेक बाउन्स गर्ने महिला पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भुस्थित फेन्सी पसल संचालन गरी बस्ने सिन्धुपाल्चोक पाङग्रेटार घर भएकी ३६ वर्षीया अपसरा श्रेष्ठ (कार्की) लाई ब्ल्याङ्क लिई रकम बढाई चेक बाउन्स गरेको अभियोगमा शुक्रबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

अप्साराले अशिक्षित महिला तथा पुरुषहरुलाई घर व्यवहार चलाउन बढीमा २०/२५ हजार ऋण सापटी दिई सावाँ रकम असुली गर्नु अगावै बिश्वाकस दिलाई ब्ल्याङ्क चेक लिने र आफु खुशी रकम लेखी चेक बाउन्स समेत गराई, सावाँ, व्याज अशुल गरे पनि चेक फिर्ता नगरी आफुखुशी रकम थप गरी दुख, हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

अप्सराको पसलबाट बिभिन्न बैकका ब्ल्याङ्क चेक लगायत सामानहरु समेत प्रहरीले बरामद गरेको छ।

More News last news
Loading...