त्रिभुवन विमानस्थलबाट ७ करोड बढी भारतीय नक्कली नोटसहित ६ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाईछिपाई ल्याएको भारतीय नक्कली रुपैयाँ ७ करोड ६७ लाख ९४ हजार (सबै २ हजार दरका) सहित ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु राहदानी नम्बर एआर २४०६४३२ बाहक ६७ वर्षीय नासिर उद्दिन, राहदानी नम्बर एए १३४५४९४ बाहक ४९ वर्षीय मोहमद अख्तर र राहदानी नम्बर सिएन १८२२०३२ बाहक ३९ वर्षीय नादिया अनवर रहेका छन् भने उक्त नक्कली भारतीय रुपैयाँ लिन आएका ललितपुर उपमहानगरपालिका-१३ बस्ने युनिस अन्सारी, रौतहट रमौली बैरिया नगरपालिका-१ बस्ने सुयल खान (युनिस अन्सारीको साला) र गाडी चालक भक्तपुर सूर्यविनायक नगरपालिका-५ बालकोट बस्ने सुदन रानाभाट रहेका छन् । निजहरुलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो।

Advertisement

कतार एयरको फ्लाइट नम्बर क्यु आर ६४४ द्वारा काठमाडौं आगमन भएका पाकिस्तान नागरिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार एरियामा जाँच गर्ने क्रममा लगेजभित्र लुकाईछिपाई ल्याएको उक्त भारतीय रुपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरको हो।

More News last news
Loading...