एजेन्सी । भारतीय लोक सभा निर्वाचनमा बिहारको बेगुसरायबाट चुनावी मैदानमा उत्रिएका जेएनयूका पूर्व अध्यक्ष कन्हैया कुमार भाजपा उम्मेदवारसँग तीन लाख भन्दा बढी मतले पराजित भएका छन्।
कन्हैया कुमार भारतीय जनता पार्टीका गिरीराज सिंहसँग पराजित भएका हुन्। कन्हैया कुमार भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट बेगुसरायमा लोकसभा उम्मेदवार थिए।
बेगुसरायमा भाजपाका गिरिराज सिंहले ६ लाख ३ हजार ५ सय २२, सिपीआईका उम्मेदवार कन्हैया कुमारले २ लाख ३६ हजार १ सय ३३ र आरजेडीका १ लाख ७७ हजार ६० मत प्राप्त गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
