रुकुम । पूर्वी रुकुममा आफ्नै छोराले बाबुको विभत्स हत्या गरेका छन्। जिल्लाको भूमे गाउँपालिका-७ दुनावका २० वर्षीय छोरा विराट विकले ४१ वर्षीय बाबु रमान कामीको खुकुरीले गर्धन रेटेर हत्या गरेका हुन।
पूर्वी रुकुमका निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक विरबहादुर सुनारले घरयासी विवादका कारण छोराले पछाडीबाट बाबुको गर्धन रेटेर हत्या गरेको र अभियुक्त छोरा फरार भएको जानकारी दिए।
बाबु रमानको शव केहिबेर अघि मात्र सदरमुकाम रुकुमकोट ल्याइएको उनले बताए। पछाडिबाट खुकुरीले गर्धनमा हान्दा करिव १० इन्च मात्रै छालाको भाग रहेको उनले सुनाए।
दुई छोराछोरी मध्ये विराट जेठा छोरा हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
