भारतीय लोकसभा निर्वाचनअन्तर्गत बिहीबार भइरहेको मतगणनामा ९० सिटमा मात्र अग्रता लिइरहेको कांग्रेस नेतृत्वको गठबन्धनका प्रमुख राहुल गान्धीले केरलको वायनाडमा ३ लाखभन्दा बढी मतको अग्रता लिएका छन्।
अधिकांश राज्यमा भाजपाले अग्रता लिए पनि केरल राज्यमा भने ऊ कमजोर देखिएको छ। केरलमा कुल २० सिट मध्ये १८ सिटमा कांग्रेस गठबन्धनले अग्रता लिएको छ भने भाजपाले केवल एक स्थानमा मात्रै अग्रता कायम गरेको छ।
सन् २०१४ को लोकसभा निर्वाचनमा कांग्रेस १० र भाजपाले एक सिटमा जित हात पारेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
