बैतडीमा आगलागीबाट एकै परिवारका ३ जनाको मृत्यु

बैतडी । बैतडीमा गएराति आगलागी हुँदा एकै घरका ३ जनाको जलेर ज्यान गएको छ। बैतडीको पुर्चौडी नगरपालिका–७, बसपार्कमा रहेको टहरामा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ।

मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

Advertisement

पुर्चौडी नगरपालिका–५, कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाइ बस्दै आएका थिए। चुल्होको आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ।

More News last news
Loading...