सामूहिक हत्याकाण्ड प्रकरण: शव पोष्टमार्टमका लागि पठाइयो

काठमाडौँ । पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा दुई परिवारको सामूहिक हत्या भएको १८ घण्टापछि मृतकहरुको शव उठाइएको छ ।

काठमाडौँबाट गएको सीआईबीको बिषेश टोली पुगेपछि शव उठाइएको हो । मृतकहरुको शव पोष्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगिएको छ। सोमबार राती ९ जनाको सामूहिक हत्या भएको थियो। मिक्लाजुङ ३ आरुबोटेको वडा कार्यलय नजिकै सो घटना भएको हो।

Advertisement

हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन्।

१२ वर्षीया सीता खुजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन्। ९ जनाको विभत्स हत्यामा ज्वाइँ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

हत्यामा संलग्न रहेको आशंका गरिएका माखिम पनि घरभन्दा झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। उनको शव रहेको स्थान नजिकै रगत पोतिएको अवस्थामा खुकरी र रगत लतपतिएकै कपडाहरु भेटिएको छ।

More News last news
Loading...