अमेरिकामा बस्दै आएका तनहुँका रोहितले गरे सगरमाथा आरोहण

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई हाल अमेरिकामा बसोबास गर्दै आभएका रोहित श्रेष्ठले सगरमाथा आरोहण गरेका छन्।

विसं २०५४ देखि अमेरिकाको कोलोराडो राज्यको एक कम्पनीमा सफ्टवेयर इञ्जिनीयरको रुपमा कार्यरत श्रेष्ठले विश्वकै अग्लो सगरमाथाको आरोहण ४१औँ दिनमा पूरा गरेका हुन्।

Advertisement

आइल्याण्ड हिमाल चढिसक्नुभएका श्रेष्ठले एक दिन सगरमाथा चढ्छु भन्ने आत्मविश्वास आफूमा आएको र सोही आत्मविश्वासकै कारण सगरमाथा चढ्न सफलता मिलेको बताए।

सगरमाथा चढ्ने आफ्नो १२ वर्ष अगाडिदेखिको तयारी रहेको उनले बताए।  हिउँमा चिप्लने खेल, जलविहारलगायतका साहसिक खेलमा रुचि भएका श्रेष्ठले अमेरिकाको कोलोराडोमा १४ हजार फिटभन्दा अग्लो २०० पहाड चढिसकेका छन्।

More News last news
Loading...