काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले समृद्धि कांग्रेसको नेतृत्वमा मात्रै सम्भव भएको बताएका छन्।
कांग्रेसका केन्द्रीय सदस्य समेत नेता पौडेलले मंगलबार धादिङमा कांग्रेसको भातृ तथा शुभेच्छुक संस्थाको भेलालाई सम्बोधन गर्दै देशको समृद्धि कांग्रेसको नेतृत्वमा मात्रै सम्भव भएको दाबी गरेका हुन्।
धादिङका लागि कांग्रेसको जागरण अभियानका केन्द्रीय प्रतिनिधि समेत रहेका नेता पौडेलले भने, ‘जागरण अभियानलाई अवसर ठानेर सहमतिमा काम गर्नुहोस्, सबै वडामा, सबै पालिका र क्षेत्रमा समेत संगठन बनाउनुहोस्, सरकारले गरेका जनविरोधी कायको जनताबीचमा भण्डाफोड़ गरौँ, नेपाली कांग्रेस बैकल्पिक शक्ति बन्न सक्दा मात्र निराशा घट्छ। समृद्धि कांग्रेसको नेतृत्व मात्र संम्भब छ।’

त्यस्तै जारी जागरण अभियान पार्टी अधिवेशन लम्ब्याउने रणनीति पनि हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुँदै पार्टी संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
