पाइप बम बनाउँदा-बनाउँदै विस्फोट हुँदा, २ घाइते

पर्वत । पर्वतमा बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २ जना घाइते भएका छन्। घाइतेमध्ये १ को अवस्था गम्भीर छ।

जिल्लाको बिहादी गाउँपालिका-६, शालीग्राममा आइतबार साँझ बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका भएका छन्। घाइतेमध्ये घर्तीकाे अवस्था गम्भीर छ।

Advertisement

पर्वतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीले घर्तीले माछा मार्ने प्रयोजनका लागि सलाइको काँटी भरेर पाइप बम बनाउँदै गर्दा आइतबार साँझ विस्फोट भएको जानकारी दिए। विस्फोटबाट गम्भीर घाइते घर्तीको अहिले पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घर्तीले बनाएको बम विस्फोट हुँदा नजिकै रहेका १६ वर्षीया किशोर समीरा राना घाइते भएका छन्। प्रहरीका अनुसार उनको अवस्था मध्यम छ। घाइते रानाको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

More News last news
Loading...