फेवातालमा एक महिलाको शव फेला

पोखरा । फेवातालमा अन्दाजी ३५ बर्षिया चन्द्रमा बस्याल मृत फेला परेकी छिन्।

नवलपुर घर भई हाल पोखराको रत्नचोक बस्दै आएकी बस्यालको शुक्रबार मध्यान्ह करिब १२ बजे फेवातालमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Advertisement

मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा लगिएको छ। घटनाको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...